दुई जोडी सम्मानित अन्तरजातीय विवाह गर्ने

कञ्चनपुर, मंसिर ५ । अन्तरजातीय विवाह बन्धनमा बाँधिएका दुई जोडी सम्मानित भएका छन् । जिल्ला हलिया मुक्ति समाज कञ्चनपुरले अन्तरजातीय विवाह समाज रुपान्तरणका लागि पुगाएको योगदानको कदर गर्दैै सम्मान गरेको हो ।

 

पूर्वसभासद् हरि श्रीपाइलीको प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रम गरी गणेश लुहार र हंशा जोशी तथा सञ्जय नेपाली र पुनम जैशीको जोडीलाई सम्मान गरिएको हो ।

 

कार्यक्रममा पूर्वसभासद् श्रीपाइलीले दुबै जोडीलाई फुलमाला र टिका लगाएर सम्मान गरे । सम्मानित हुनेमा गणेश र हंशा भीनपा वडा नं। १५ तथा सञ्जय र पुन वडा नं। ४ का वासिन्दा हुन् । हंशा र जोशी दुबैले ब्युटीपार्लर तालिममा सहभागी भएको हलिया मुक्ति समाजका अध्यक्ष शिवी लुहारले बताए ।

 

हलिया मुक्ति समाज समाज रुपान्तरणका अभियन्ता दुबै जनालाई संस्थाले सधै प्राथमिकता दिने बताए । समाजका अध्यक्ष लुहारको अध्यक्षतामा गरिएको कार्यक्रममा समाजका अगुवा सहभागी भएका थिए ।