पहिरोले विद्यालय भवन बगाएपछि पठनपाठनमा समस्या

बझाङ, मंसिर ८ । विद्यालयको २ कोठे पक्की भवन पहिरोले पुरी दिएपछि बालबालिकाको बिचल्ली भएको छ ।

पहिरोले विद्यालयको भवन भत्काएपछि तत्कोट गाउँपालिका–३ मा रहेको विश्वनाथ आधारभूत विद्यालयका विद्यार्थी खुला आकास मुनि बसेर पढन बाध्य भएका छन् ।

 

गएको भदौ १ गते आएको पहिरोले दुई कोठे भवनलगायत खेल्ने मैदानमा क्षति पु¥याएपछि खुला आकाश मुनि पहिरोमा नै बसेर पठन पाठन गर्नु पर्ने बाध्यता भएको कक्षा ४ मा अध्यनरत छात्रा उमा चदाराले बताइन् ।

 

आर्थिक वर्ष २०७४र७५ मा तल्कोट गाउँपालिकाले भवन निमार्णका लागी भनेर क्रमागत रुपमा १६ लाख रकम छुट्याइएको थियो । भवन अभावले पठन पाठनमा समस्या भएपछि गाँउपरिषदले तत्काल ८ लाखको लागतमा निर्माण गरीएको दुई कोठे भवन पहिरोले भत्ताकाइ दिएपछि पहिरोमा नै पठन पाठन गर्नु परेको हो ।

 

उक्त भवन पूर्ण रुपमा निर्माण गर्न नपाउँदै पहिरोले भत्काइ दिएको विद्यालयका शिक्षिका चम्पा सुवर्णकारले बताइन् । कक्षा ४ सम्म अध्यन अध्यापन गराउने उक्त विद्यालयको दुई कोठे पक्की भवन पहिरोले बगाएपछि अहिले विद्यालयका कक्षा कोठा अभावमा पठनपाठनको कार्य समस्या भइरहेको उनको भनाइ छ ।

बस्ति नजिकै रहेको यस विद्यालयमा ८३ जना बालबालिकाहरु अध्यनरत रहेका छन् । घाम लाग्दा हावाहुरी आउने र पानी पर्दा बस्ने कक्षा कोठा नभएका कारण हाफ टाइममा विद्यालयको छुट्टी हुने गरेको कक्षा ४ मा अध्यनरत बालक अजय रोकायाले बताए । कक्षा एक देखि ४ सम्मका सबै बालबालिकाहरु एउटै कक्षामा राखेर पठनपाठन गर्नु पर्ने भएका कारण पढाइ समेत प्रभावित हुने र अधिकांश दिन विद्यालयमा पढाइ नै नहुने गरेको उनको भनाइ छ ।

 

अहिले विद्यालयमा पढाइ नहुने भएपछि अधिकांश बालबालिकाहरु विद्यालय आउनै छोडेको विद्यालयका प्राध्यानाध्यापक विर्खराज जोशीले बताए । आफूुले विद्यालय बगाएको दिनदेखि नै वडा पालीका, गाउँपालिका र शिक्षा शाखालगायत सबै ठाँउमा समस्याका बारेमा जानकारी गएपनि कुनै निकायले सुनुवाइ नगरेको उनको भनाइ छ ।

 

विद्यालयको माथिबाट चैनपुर ताक्लाकोट सडक निमार्ण भएको र सडककै कारण वर्षाको समयमा पहिरो जाँदा विद्यालयमा क्षति भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज रोकायाले जानकारी दिए । पहिरोले दिवाखाजाको घर, चर्पी र खेल मैदानमा समेत क्षति पु¥यायको छ ।