पहिलो महिला प्रधानसेनापति बनेर इतिहास रच्ने सपना गुल्मपति श्रृष्टि खड्काको

काठमाडौं । सेना भनेको के हो भन्नेचाहिँ थाहा थियो । सेनाको जागिर एकदमै इज्जतिलो हुन्छ भन्ने लाग्थ्यो । तर, सेनामै जागिर खान्छु भन्ने सोच थिएन । उपत्यका पृतना अन्तर्गत रहेको गोरखकाली गुल्मकी गुल्मपति तथा सेनानी ९मेजर० श्रृष्टि खड्काले बताउदै थिईन् ।

 

सेनामा प्रवेश गर्न घरपरिवारको राम्रो साथ सहयोग पाएकी श्रृष्टिलाई त्यति असजिलो भएन । सानै छदाँ सेवाभावमा रुची राख्ने उनी देशको सेवा गर्न पाउँदा खुशी भएको बताउछिन् । मुलुकलाई अप्ठ्यारो परेको खण्डमा सेवा गर्नुपर्छ भन्ने भावना बोकेकी श्रृष्टि २०६२र०६३ को आन्दोलनमा काठमाडौंमा रहेकी थिइन् ।

 

त्यतिबेला काठमाडौंमा कफ्र्यु लागेको थियो । उनी ड्युटीमा बसेको अनुभव सुनाउछिन् । “सेनामा प्रवेशगर्दाका बेला राजनीतिक परिस्थिति फरक ढंगले विकास भइसकेको थियो । द्वन्द्वको आमनेसामने गर्नुपरेन ।” उनले भनिन् ।

 

नेतृत्व पाएमा महिलाले पनि राम्रो भुमिका निभाउनसक्ने र यो जिम्मेवारी आफ्नो जीवनको महत्वपूर्ण अवसर श्रृष्टिले ठानेकी छन् । गुल्मको नेतृत्व गर्नुअघि अरूको कमान्डमा र अरूकै निर्णयका आधारमा चल्नुपथ्र्यो । अहिले म आफैँ निर्णय गर्छु । आफ्नो निर्णयले सकल दर्जा मात्र होइन, सिंगो संगठनलाई नै असर गरिरहेको हुन्छ । त्यसैले यस्तो जिम्मेवारीले कामप्रति झनै गम्भीर बनाउने उनले बताईन् ।

 

नेपाली सेना चेन अफ कमान्डको ‘सिस्टम’मा चल्ने संस्था हो । त्यसैले त्यहाँ महिला वा पुरुष कसले नेतृत्व गर्छ भन्ने कुराले त्यति फरक अर्थ राख्दैन । सक्षम भए जसले कमान्ड गरे पनि हुने समेत उनको दाबी छ ।

 

आगामी दिनमा पहिलो महिला गुल्मपति हुँदै प्रधानसेनापति बनेर इतिहास रच्ने उनको सोचाई छ । सिस्टमले त्यो तहसम्म पुग्ने उनको भनाई छ । दुई सय पचास वर्षभन्दा पुरानो इतिहास बोकेको नेपाली सेनाले विसं २०६२ साल देखि महिलाका लागि ‘इन्फ्यान्ट्री’तर्फ भर्ना खुलेको थियो ।