परीक्षा बोर्डद्वारा गल्ती स्वीकार, डबल डिजिट नम्बर चढाउँदा समस्या


काठमाडौँ   मंसिर ९।   राष्ट्रिय परीक्षा बोर्डको सिंगल डिजिट लब्धाङ्कपत्र प्रिन्ट गर्नुपर्नेमा डबल डिजिट नम्बर चढाउँदा उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थी समस्यामा परेका छन् ।

बोर्डको निर्देशनमा एक डिजिट नम्बर प्रिन्ट हुनुपर्ने उल्लेख छ । तर लब्धाङ्कपत्र प्रिन्ट गर्दा दुई डिजिट देखिएको छ । दुई डिजिट नम्बर देखिएपछि विदेशी निकायले सो लब्धाङ्कपत्र नक्कली भएको आशंका गर्दै विद्यार्थी फर्काउने गरेको छ ।

 

बोर्डका एक उच्च अधिकारीले लब्धाङ्कपत्रमा देखिएको लापरबाहीले सयौँ विद्यार्थी समस्यामा परेको जानकारी दिदैँ भने– ‘लब्धाङ्कपत्र प्रिन्ट गर्दा मनोमानी गरेकाले समस्या भएको हो । आजको नेपाल समाचारपत्रबाट  ।