सिके रावतको समर्थनमा प्रदर्शनको तयारी गरिरहेका तीन कार्यकर्ता पक्राउ


लहान मंसिर १०। स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतको समर्थनमा प्रदर्शनको तयारी गरिरहेका तीन जनालाई आज सिरहा प्रहरीले पक्राउ गरेको छ ।

नवराजपुरमा प्रदर्शन गर्ने तयारी गरिरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मिर्चैया नगरपालिका–१० का निर्मलकुमार मण्डल, सखुवानन्कारकट्टी गाउँपालिकाका रामपुकार यादव र मनिष यादवलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए। पक्राउ परेका तीनैलाई कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय ल्याउन लागिएको बताइएको छ ।