उत्तरी नाका रसुवागढीबाट १५ लाखका तस्करीका सामान बरामद

रसुवा, मङ्सिर १४। उत्तरी नाका रसुवागढीबाट आयात गरिएका चिनियाँ सामग्री गैरकानूनी तवरले निकासी गर्न लागेको अवस्थामा सशस्त्र प्रहरीको राजश्व गस्तीले मङ्सिर १३ गते साँझ बरामद गरेको छ ।

 

सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा २१ नम्बर गुल्म टिमुरेका गुल्मपति जीवन केसीका अनुसार भन्सार कार्यालय टिमुरेले सामान परीक्षण गर्ने स्थलबाट अवैध तरिकाले भोटेकोशीको तीरैतीर भरियाद्वारा निकासी गर्न खोजेको अवस्थामा रु १५ लाख मूल्य बराबरको सामग्री बरामद गरेको हो ।

 

बरामद भएको सामानमा ५० बाकस जुत्ता र छ बोरा टोपी छन् । बरामद भएका सामान मङ्सिर १३ गते नै भन्सार कार्यालयलाई बुझाइएको बताइएको छ । गस्तीले देखेपछि भरिया भागेको र सामानधनीको खोजी तीव्र पारिएको गुल्मपति केसीले जानकारी दिए ।।साँघु बाट