९३ सवारीसाधन दुर्घटना हुँदा २३ जनाको मृत्यु ५६ जना घाइते

दाङ, मङ्सिर १६ । जिल्लामा चालू आर्थिक वर्ष २०७५÷७६ को हालसम्ममा ९३ सवारीसाधन दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५६ जना घाइते भएका छन् ।

 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक उत्तमकुमार जिसीका अनुसार सबैभन्दा बढी ५२ मोटरसाइकल दुर्घटना भएको थियो । यस्तै १२ बस, १० ट्र्याक्टर, आठ जीप तथा कार, छ टेम्पो तथा तीन÷तीन ट्रक र टिपर दुर्घटना भएको थियो । गत आवको सोही अवधिमा ८९ सवारीसाधन दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको थियो ।

 

प्रहरीले सो अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने १० हजार ५९२ चालकलाई कारवाही गरेको थियो । कारवाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल चालक चार हजार ८९, ट्रक चालक दुई हजार ९६, बस चालक एक हजार ३९६, जिप चालक एक हजार २२४, ट्र्याक्टर चालक एक हजार २००, टेम्पो चालक ४८७ र अटोरिक्सा चालक १०० भन्दा बढी रहेका छन् । चालकलाई कारवाही गर्दा रु ६४ लाख ७२ हजार राजश्व सङ्कलन भएको जिसीले जानकारी दिनुभयो । रासस