निर्मला हत्या प्रकरण : काठमाडौंबाट संलग्नताको आशंकामा एक युवक पक्राउ


काठमाडौ , मंसिर  १९। कञ्चनपुरकी नाबालिका निर्मला पन्तको घटनामाथि अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो  सिआईबी को टोलीले एक जना शंकास्पद व्यक्तिलाई काठमाडौंकाट प्रक्रउ गरेको छ ।

कञ्चनपुरका २२ वर्षीया युवकलाई अनुसन्धानका लागी नियन्त्रणमा लिइएको स्रोतले भन्यो, । अहिले उनको नाम भने खुलाएको छैन् । प्रहरी स्रोतकाअनुसार निर्मलाको हत्या भएपछि ति युवक गाउँबाट भारततर्फ भागेका थिए । परिवारका सदस्यहरुले पनि युवक भारत गएको बताएका थिए ।

 

लागू औषध दुव्र्यसनीमा फसेका ति युवकमाथि प्रहरीले विशेष निगरानी राखेको थियो । उनलाई खोज्नका लागि नेपाल प्रहरीको सादा पोसाकको प्रहरी भारत पनि गएको थियो । उनको डीएनए परीक्षणका लागि नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालामा पठाइएको छ । उनको दुई दिनमा डीएनए रिपोर्ट आउने र रिपोर्ट नआएसम्म ती युवकलाई प्रहरी हिरासतमै राखिने बताइएको छ ।