गुण्डा नाइके लिम्बूमाथि काठमाडौंको कालोपुलमा प्रहरीद्वारा गोली प्रहार


काठमाडौं मंसिर २१ ।   काठमाडौँको कालोपुलमा चर्चित गुण्डा नाइके राजन लिम्बूमाथि गोली प्रहार भएको छ । महानगरीय अपराध महाशाखाको टोलीले भाग्न खोज्दा लिम्बूमाथि गोली चलाएको हो । उनको खुट्टामा गोली लागेको छ ।

पक्राउ गर्न खोज्दा लिम्बूले प्रहरीमाथि नै गोली चलाएका थिए। उनको साथबाट एक पेस्तोल र ४ राउन्ड गोली बरामद गरिएको छ । प्रहरीको गोलीबाट घाइते लिम्बुलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ।