‘निर्मला पन्तका हत्यारा पत्ता लागिसकेको छ सार्वजनिक गर्छौ’- उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेल

काठमाण्डौ, मंसिर २२ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले निर्मला पन्तका हत्यारा पत्ता लगाइसकेको र चाडै नै सार्वजनिक गर्ने तयारी सरकारले गरिरहेको बताउनु भएको छ ।७० औ अन्तरराष्ट्रिय मानवअधिकार दिवस तथा १० औ मानवअधिकार राष्ट्रिय महाभेलालाई शनिबार ललितपुरमा सम्बोधन गर्दे मन्त्री पोखरेलले राजनीतिक दलहरु नै हत्याराको संरक्षणमा अघि सर्ने संभावना रहेको ले तयारीको साथ सार्बजनिक गरिने बताउनु भयो ।

 

‘विधिसम्मत ढंगले सार्वजनिक गर्छौु, उँहाले भन्नु भयो तर राजनीतिको ध्येय बोकेकाहरु छाता ओढाउन आउँछन् कि भन्ने डर छ । प्रतिपक्षी दलका नेता र कुनै अखबारको स्तम्भकारले जसरी सरकारले बोल्न नमिल्ने भन्दै उहाँले सरकारको नजरमा कोही पनि अपराधी उम्कन नसक्ने दावी गर्नुभयो ।

 

उहाँले निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै आएका अधिकारकर्मीलाई हत्यारा सार्वजनिक गर्दा त्यसैको रक्षार्थ सक्रियता नदेखाउन चेतावनी पनि दिनुभयो ।उहाँले भन्नुभयो,‘निर्मला पन्तको बलात्कार र हत्यारालाई एउटा झण्डा बनाएर सडकमा आउनुभएको छ । माफ गर्नुहोला, त्यो अपराधी बाहिर ल्याउँदा यीमध्ये कसैले पनि छाता ओढाउन नआउनुहोला । आफ्नो राजनीतिको रोटी सेक्नु पर्दैन ।’