अब छोरीलाई मार्छु म पनि मर्छु ,श्रीमानले छाडेर भागेको २ बर्ष भयो

काठमाडौं मङ्सिर २५ । काभ्रे पलान्चोक घर भै काठमाडौ को जोरपाटी स्थित रहदै आएकी सबिना उप्रेती घर परिवारबाट बिचलित भएकिछीन । करीब साढे तिनबर्स पहिले काभ्रे पलान्चोककै सुरेन्द्र थपलिया नामका ब्याक्तिसंग उनको प्रेमविभा भएको थियो।

 

उनको एक तिनबर्सिया छोरी पनि छिन । छोरी खुस्बुको केहि समय पछी सविनाले छोरीको जन्मदर्ता बनाउनुपरो भन्दा घरपरिवार र उनका श्रीमानले कुट्ने नाना थरिका सब्द प्रयोगगरी श्रीमान स्वयम घरबाट फरार भएका थिए।तेस्पछी सासु ससुराको गालि खप्दै उनि १५ दिन सम्म तै घरमा बसीन तर उनाका श्रीमान घर फर्कियन्न तेस्पछी घरपरिवारका अन्य सदस्यले उंलाई घरबाट निकाले तर पनि उनि आफ्नो श्रीमान संग भेट हुने आशमा बसिन।

 

श्रीमानकै प्रतिक्षा गरेरे उनि करिब ३ बर्स सम्म मिडीयामा नआएको उनि बताउछिन अहिले न्याको लागि बिभिन् निकाएमा जादा पनि उनको कुरा कतै सुनाइ नभयपछी उनि मिडियामा आएको बताउछिन ।

 

उनले पिडा पोख्दै भनेकी छन् यदि अझै पनि मैले न्याय पाइन भने म पनि मर्छु छोरीलाई नि पेट्रोल खन्याएर मार्छु।पछिल्लो समय श्रीमानबाट हिंसा सहेर बस्दै आएका महिला हरु विस्तारै न्यायको खोजिमा हिडेको देखिन थालेको छ ।

 

उनिहरुमा बढेको जनचेतनाका कारण नै आफ्ना समस्याहरु बाहिर ल्याउन सक्ने भएका छन । यति भनिरहदा हिंसा सहेका जति सबै महिला बाहिर आएका छन भन्न खोजिएको होईन । पहिलेको तुलनामा महिलाहरुमा हिंसा सहनु हुदैन भन्ने चेतना बढेको छ । नेपालीन्युज,