अख्तियारको हिरासत ‘हाउसफुल’, १८ जना क्षमताको कक्षमा ३३ जना


काठमाडौं ,पौष  ०१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टैगाललमा आफ्नै हिरासत कक्ष छ। यसको क्षमता १८ जनाको छ। घुस लिने कर्मचारी बढेपछि यो ‘हाउसफुल’ छ।

यहाँ अहिले ३३ जना छन्। विगतको तलुलनामा यो संख्या अत्यधिक भएको छ।पछिल्लो समय ‘स्ट्रिङ अपरेसन’लाई तीव्रता दिएका कारण हिरासतमा भरिएको अख्तियारको भनाइ छ। ‘हिरासत क्षमता १७–१८ हो।

 

क्षमताभन्दा बढी भएर प्रहरी हिरासतमा पठाउनुपर्ने अवस्था छ,’ अख्तियारका प्रवक्ता रामेश्वर दंगालले भने, ‘मालपोत, यातायात र भूमिसुधारका कर्मचारी धेरै छन्।’

 

प्रहरी हिरासतको तुलनामा अख्तियार हिरासातमा खानेबस्ने सुविधा राम्रो छ। परिवार भेट्न पाइन्छ। त्यसैले पक्राउ परेको व्यक्ति बाहिर बस्न चाहन्नन्।  आजको अन्नपूर्ण पोस्ट दैनिकबाट  ।