कांग्रेसको पदाधिकारी विवादमा सहमति सात जना सहमहामन्त्री रहने

काठमाडौं ,पुस ६ । नेपाली कांग्रेसका शीर्षनेताहरूका बीचमा विधान मस्यौदाका विषयमा सहमति जुटेको छ। कांग्रेसको पदाधिकारी संख्या १३ पुग्ने भएको छ । लामो रस्साकस्सीपछि शीर्ष नेताहरुले सहमहामन्त्रीको संख्या ७ र्पुयाउने सहमति गरेका छन् ।

 

अब कांग्रेसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, एक कोषाध्यक्ष र सात सहमहामन्त्री रहनेछन् ।कोषाध्यक्ष र थप एक जना प्रवक्ता सभापतिले मनोनयन गर्ने सहमति भएको छ। केन्द्रीय समितिको बैठकपछि विधान मस्यौदालाई महासमितिमा पेश गर्ने तयारी भएको छ। सहमतिअनुसार अब विधान संशोधन मस्यौदा समितिले केन्द्रीय कार्यसमितिमा प्रस्ताव लैजानेछ । त्यसपछि महासमितिमा विधान संशोधन प्रस्ताव पेश हुनेछ ।

 

यसअघि उपसभाति, महामन्त्री र समहमहान्त्री २(२ बनाउने सहमति भएको थियो तर, समावेशी नभएको भन्दै केन्द्रीय सदस्यहरुले विरोध गरेपछि पार्टी सभाति शेरबहादुर देउवा पछि हटेका थिए । बिहीबार उनले उपसभापति र महामन्त्री एक(एक मनोनित गर्ने प्रस्ताव ल्याए ।