नवनियुक्त चिनियां राजदूत होउ यानछी काठमाडौं आईपुगिन्

काठमाडौं पाैष १४। नेपालका लागी नवनियुक्त चिनियां राजदूत होउ यानछी काठमाडौ आईपुगेकी छन् । नवनियुक्त राजदूत यानछीलाई परराष्ट्रमन्त्रालय र काठमाडौंस्थित चिनिया दूतावासका अधिकारीले शनिवार स्वागत गरेका थिए । होउले हालकी चिनियां राजदूत यू होङलाई प्रतिस्थापन गरेकी हुन् ।

यसअघि यू होङले तत्कालीन चिनियां राजदूत उ चुन्ताईलाई प्रतिस्थापन गरेकी थिइन् । राजदूत होउ शनिवार दिउंसो १ बजे त्रिभुवन अन्तर्रा्िष्ट्रय विमानस्थलमा अवतरण गरेकी थिईन् ।

 

नवनियुक्त राजदूत होउ नेपालको राजनीतिलाई नजिकबाट नियालेकी कुटनीतिज्ञ हुन् । उनको नेपालको राजनीतिक नेतृत्वसंग समेत निकै सुमधुर सम्बन्ध छ ।

 

पछिल्लो समय नेपालमा चिनियां निर्माण कम्पनीको दबदबा बढ्दै गएका बेला चीनले जलविद्युतमा पनि विशेष जानकार रहेकी होउलाई राजदूत बनाएर पठाउन लागेको हो।

 

उर्दूमै स्नाकोत्तर गरेकी होउ बेइजिङकी पाकिस्तान विशेषज्ञ समेत मानिन्छिन् । चीन–पाकिस्तान मित्रता बलियो बनाउन योगदान गरेबापत उनलाई पाकिस्तान सरकारले पुरस्कृत गरेको थियो।

चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको सम्भावना रहेको भनिएको बेला नयां राजदूत आउनुुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।