जिप दुर्घटना हुँदा चालकको मृत्यु
बैतडी, पुस १७ । बैतडीमा मंगलबार जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा डोटीको बडरका ३० वर्षीय जिप चालक कमल सुनार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख गिन्द्रबहादुर बोगटीले जानकारी दिए ।
पुर्चौडीबा खोड्पे तर्फ आइरहेको से १ च १५७२ नम्बरको जिप पुर्चौडी नगरपालिका–६ भूमिराजमा दुर्घटनामा परेको हो । सडकमा तुसारो जमेकाले जीप चिप्लेर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । जिप सडकभन्दा २० मिटर तल खसेको छ ।