‘तलमाथि’ गरे महाभियोग

काठमाडौं, पुस १८ । संसदीय सुनुवाइ समितिले ‘महाभियोग’ को त्रास देखाउँदै प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबरालाई स्वीकृत गरेको छ । प्रधानन्यायाधीशको कुर्सीमा बसेर ‘लत गरे ‘महाअभियोग’ लगाउने त्रास देखाउँदै समितिको मंगलबार बसेको बैठकले जबराको नाम सर्वसम्मत स्वीकृत गरेको हो ।

 

‘प्रस्तावित प्रधानन्यायाधीशले न्यायालय सुधार्ने प्रतिबद्धतासहितको कार्ययोजनाअनुसार काम गर्ने बाचा गर्नुभएकोले सर्वसम्मतिबाट स्वीकृत गरेका छौँ’, सुनुवाइपछि समितिका सभापति लक्ष्मणलाल कर्णले भन्नुभयो ।

 

संवैधानिक परिषद्ले जबराको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको २० दिनपछि समितिले स्वीकृत गरेको हो । संविधानअनुसार राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने व्यवस्था छ । यो समाचार नागरिक दैनिकले प्रकाशित गरेको छ ।