५७ करोड ठगीका आरोपी ४ लाख धरौटीमा रिहा

काठमाडौँ ,  पुस १८। ५७ करोड बैंकिङ ठगीका आरोपी सामान्य धरौटीमा छुटेका छन् ।तत्कालीन किस्ट बैंकका कर्मचारी तथा ऋणीहरुलाई उच्च अदालत पाटनले न्यूनतम धरौटीमा छाड्ने आदेश दिएको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

 

नेपाल प्रहरीको केन्दीय अनुसन्धान ब्युरो ९सिआइबी० ले बैंकका तत्कालीन कर्मचारी बालनरसिंह घर्ती र प्रगुन श्रेष्ठ तथा ऋणीहरु कुलप्रसाद पोखरेल, प्रमोदकुमार देव र अजयकुमार देवलाई पक्राउ गरी मुद्दा दायर गरेको थियो ।