डा. केसीले विज्ञप्ति जारी गर्दै किन स्थगित गरे अनसन,पुराजानकारीकाे लागि पढनुहाेस्?

काठमाडौँ, पुस १८ । प्राध्यापक डाक्टर गोविन्द केसीले ७ दिनका लागि अनसन स्थगित गरेका छन्। १६ औं अनसनको तयारी थाल्न इलाम पुगेका केसीले बुधबार दिउँसो विज्ञप्ति जारी गरी पुस २५ गतेसम्मका लागि अनसन स्थगित गरेको जनाएका हुन्।

 

आफूसँग भएको सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयक जारी गर्न दबाब दिँदै आएका केसीले बुधबारबाट सत्याग्रह थाल्ने जनाएका थिए।चिकित्सा शिक्षा विधेयकमाथि संसदको शिक्षा तथा स्वास्थ्य समितिमा छलफल भइरहेको छ। छलफलका लागि समितिले केही समय माग्दै सत्याग्रह नथाल्न केसीसँग अनुरोध गरेको थियो।

 

समिति सभापति जयपुरी घर्तीले सम्झौताअनुसारै विधेयक पास हुनेमा ढुक्क हुन केसीलाई आश्वास्त पारेकी छिन्। कांग्रेस सांसदले विधेयक तोडमोड गर्न नदिने अडान राखेपछि विधेयकमाथि थप छलफल हुन सकेको छैन।बुधबार शिक्षा तथा स्वास्थ्य उपसमितिमा विधेयकमाथि छलफल सुरू भए पनि सहमति जुटेको थिएन।