नेपाल आयल निगमले इन्धनको मूल्य घट्यो

काठमाडौं, पुस १८। नेपाल आयल निगमले बुधबार इन्धनको मूल्य घटाएको छ । निगमले मध्यरातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपेयाँ घटाएको हो ।

 

अब पेट्रोल लिटरको १०८ रुपैयाँ पर्छ भने डिजेल र मट्टितेल लिटरको ९५ रुपैयाँ पर्छ ।यसअघि प्रतिलिटर १ सय १० पर्ने पेट्रोलको मूल्य १ सय ८ मा झरेको छ । प्रतिलिटर ९७ रुपैयाँमा रहेको मट्टीतेल र डिजेल ९५ रुपैयाँमा कायम भएको छ।

 

नयाँ मूल्य अनुसार पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनमा नाफा भएपनि एलपी ग्याँसमा प्रति सिलिण्डर ८० दशमलव ६९ रुपैयाँ घाटा रहेको निगमले दिएको छ।