जापानले माग्यो नेपालसँग रोजगारको अवधारणा

काठमाडौं, पुस १८ । रोजगारीका लागी नेपाली युवा लैजाने सम्बन्धमा जापानले नेपाल सरकारसँग आधिकारीक अवधारणा माग गरेको छ । जापानले नेपाली कामदार लैजाने निर्णय गरे सँगै सोमबार श्रम तथा रोजगार मन्त्रालयसँग अवधारणा माग गरेको हो ।

 

जापानले नेपालबाट कस्ता कस्ता कामदार माग गर्ने भन्ने सम्बन्धमा अवधारणा बनाउन अनुरोध आएको श्रम सचिव महेश प्रसाद दाहालले जानकारी दिए ।

 

सचिव दाहालले कामदारका सम्बन्धमा सामुहिक अवधारणा बनाउन जापानी प्रतिनिधि माग २ गते नेपाल आउने मिती तय भएको छ ।नेपाली कामदार जापान पठाउने सम्बन्धमा सरकारले कामदारको सुरक्षा, सेवा सुविधा र कानुनी पक्षका विषयमा छलफल गरेर मात्र निर्णय लिने मन्त्रालयले जनाएको छ ।

सरकारले सम्पूर्ण तयारी पुरा गरेर आगामी वैशाखबाट नेपाली कामदार जापान पठाउने गरि तयारी गरिरहेको समाचार कारोबार दैनिकमा छ ।