विशेष अदालतले सशस्त्र प्रहरी बलका पूर्वएआईजी भट्टराई भ्रष्टाचारी ठहर ९ महिना कैद र ८० लाख जरिवाना


काठमाडौं पुस १९। विशेष अदालतले सशस्त्र प्रहरी बलका पूर्वएआईजी ऋषभदेव भट्टराई भ्रष्टाचारी ठहर गरेको छ।विशेषका न्यायाधीशहरु चण्डीराज ढकाल, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको सयुक्त इजलासले भट्टराईलाई भ्रष्टाचारी ठहर गर्दै ९ महिना कैद र ७९ लाख ८७ हजार जरिवाना समेत सुनाएको हो।

 

विशेष अदालतका रजिष्टार भीम श्रेष्ठका अनुसार भट्टराईले सशस्त्र प्रहरीमा रहँदा १ करोड २१ लाख ४९ हजार ६ सय ५६ रुपैयाँ बराबर सम्पत्तिको स्रोत देखाउन नसकेपछि दोषी ठहर भएका हुन्।

 

अख्तियारले २०७३ मंसिर ८ मा १ करोड ९१ लाख ९६ हजार ३६ हजार ८ सय ८१ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको दाबी गर्दै उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।