सरकारले गत वर्ष कटौती गरेको सार्वजनिक बिदा थपिने

काठमाडौं, पुस १९ । सरकारले गत वर्ष कटौती गरेको विभिन्न चाडपर्वमा फेरि बिदा दिने तयारी गरेको हो । सार्वजनिक बिदा थपिने भएको छ ।कार्यदलले पेश गरका् सुझावको आधारमा बिदा तय गरिने सञ्चार तथा सूचना प्रविधि विकासमन्त्री गोकुल बास्कोटाले बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

 

यो कार्यदलमा गृहमन्त्री रामबहादुर थापा, सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी सदस्य थिए।

 

उनीहरुले किराँत चाड उभौली ,बु्द्ध पूर्णिमा ,र उधौलीका लागि २, इद उल फित्र, बकर इद र मोहम्मद जयन्तीमा ३, क्रिसमसमा १, तमु ल्होसार, सोनाम ल्होसार र ग्याल्बो ल्होसारमा ३, छठ पर्वमा १, ऋषि पञ्चमी (महिलालाई मात्रै) १, मात्री पर्वमा १ र जनै पूर्णमामा १ दिन गरी १२ दिन थप गर्न प्रस्ताव गरेको हो।