३३ किलाे सुन तस्करी प्रतिवेदन प्रधानमन्त्री कार्यालयमै गुपचुप

काठमाडौं, पुस २० । प्रधानमन्त्री केपी ओलीले प्रतिवेदन बुझेपछि भनेका थिए, ‘यसबारेमा थप अनुसन्धान बढाइने छ।’ पाँच महिना भयो, कुनै अनुसन्धान बढाइएन। उल्टै छानबिनका क्रममा पक्राउ परेकाहरु छुट्दै गए। अब त प्रतिवेदनकै बारेमा सरकारी निकाय एक अर्कालाई औला तेर्स्याउन थालेका छन् भन्ने खबर कान्तिपुर दैनिकमा छ।

 

संगठित सुन तस्करी अनुसन्धान गर्न गठित उच्चस्तरीय समिति प्रतिवेदन कहाँ छरु त्यसमा के भइरहेको छरु गृह मन्त्रालायमा बुझ्दा प्रवक्ता रामकृष्ण सुवेदीले भने, ‘यसबारे प्रधानमन्त्री कार्यालयमा बुझ्नुहोला। प्रतिवेदन प्रधानमन्त्रीज्यूलाई बुझाइएको हो।’ प्रधानमन्त्री कार्यालयमा सम्पर्क गर्दा त्यस्तै जवाफ दिइयो।

 

प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद कुँवरले भने ‘गृह मन्त्रालयको विषय भएकाले गृहमै बुझ्नु।’ गृहले त प्रधानमन्त्री कार्यालयमै बुझ्नु भनेको छ भन्ने प्रतिपश्न गर्दा उनले भने ‘कहिलेकाहीँ उच्चस्तरीय समितिका थप काम थाहा हुन सक्दैन।’ टोलीले साउन १६ मा ७ सय ७२ पृष्ठको प्रतिवेदन प्रधानमन्त्री केपी ओलीलाई बुझाएको थियो।

 

गत वर्ष माघ ९ गते दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं भित्रिएको ३३ किलो सुन विमानस्थलबाट ओसार्ने क्रममा हराएको थियो।