सर्वोच्चमा जिम्मेवारीबिहीन दीपकराज जोशी, कार्यकक्षपनि खोसियो
काठमाडौं पुस २० । सर्वोच्च अदालतका न्यायाधीस दीपकराज जोशी जिम्मेवारी र कार्यकक्षबिहीन बनेका छन् ।प्रधानन्यायाधीसमा चोलेन्द्र शमसेर जबरा नियुक्त भएपनि जोशीमाथि कडा रबैया अपनाएका छन् । सर्वोच्चका वरिष्ठ न्यायाधीसको रुपमा रहेका जोशी न्याय सेवाबाट अवकास पाउने बेलामा सर्वोच्चमा जिम्मेवारी र कार्यकक्ष बिहीन बनेका हुन् ।
आफू प्रधानन्यायाधीस भएपछि चोलेन्द्र शमसेर जबराले आफ्नो सपथ ग्रहण र स्वागतमा जोशीलाई सहभागी नगराउन आदेश दिएका थिए । सोही अनुसार जोशीले राणालाई कार्यकक्षमा गएर छुट्टै बधाई दिएका थिए ।
राणाको अध्यक्षतामा बिहीबार बसेको न्यायपरिषद बैठकले न्यायाधीशमाथि आउने गुनासा र टिकाटिप्पणी तत्काल सम्बोधन गर्ने संयन्त्र समेत बनाएको छ । बैठकले संवैधानिक इजलासको पुनर्गठन समेत गरेको छ ।
इजलासमा प्रधानन्यायाधीश राणासँगै न्यायाधीशहरु दिपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्की छन् ।
न्यायपरिषद बैठकमा बरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई सहभागी गराइएन । जोशी संसदीय सुनुवाइबाट अस्वीकृत भएका थिए । त्यसपछि न्यायाधीस बनेका ओमप्रकाश मिश्रको कार्यकालमा वरिष्ठ न्यायाधीसको रुपमा नै रहेका जोशी राणाको कार्यकालमा आएर जिम्मेवारीबाट बिमुख पारिएका छन् ।
संवैधानिक इजलासमा समेत नपारिएका बरिष्ठतम न्यायाधीश जोशीलाई मेलमिलाप परिषदको अध्यक्षबाट समेत हटाइएको छ । उनको ठाउँमा ईश्वरप्रसाद खतिवडालाई अध्यक्ष तोक्न न्याय परिषदले प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेको छ ।
दोस्रो वरियतामा रहने न्यायाधीशलाई दिने गरिएको एक नम्बर इजलास राणाले दीपककुमार कार्कीलाई दिएका छन् । सर्वोच्चको न्यायाधीशहरुको वरियतामा जोशीपछि कार्की रहेका छन् । जोशीको कार्यकक्षमा दीपक कार्कीलाई सारिएको छ।