आमाको किरीया गर्ने श्रीमतीलाई श्रीमानको साथ

काठमाडौं , पुस २०।  ९० बर्षकी आमा बितेपछि एक छोरी अहिले एक्लै आमाको किरियामा बस्नु भएको छ । भक्तपुरको गठ्ठाघरमा आमाको किरिया बस्नु भएकी सविना फुयाल केसीको अहिले सबैले प्रसंसा गरेका छन । उहांको उक्त कामलाई भेट्न जाने सबैले नमुना काम भएको भन्दै उहांलाई सानत्वना दिएका छन ।

सैनिक अस्पतालबाट सेवानिवृत्त हुनुभएकी पूर्व नर्स सबिना फुँयाल केसी यतिखेर आफ्नी दिवंगत आमाको काज किरीयामा सेतो पहिरन लगाएर कोरामा बस्नुभएको छ । उहाँकी आमा विष्णुकुमारी फुँयालको पुस १३ गते निधन भएको थियो ।

 

घ्याङ्ग सुकाठोकर दोलखाकी विष्णुकुमारी विगत लामो समयदेखि गठ्ठाघरस्थित आफ्नी साँहिली छोरी सबिनाको घरमा बस्दै आउनु भएको थियो । सविनाका ३ जना दिदी बहिनीहरु पनि छन् तर किरीयामा सविना एक्लै बस्नुभएको छ । वीरेन्द्र सैनिक अस्पतालमा लामो समय काम गरी ९ वर्षअघि सेवा निवृत्त हुनु भएकी छोरी सबिनाले आफुलाई जन्म र कर्म दिने आमालाई बाँचुञ्जेल रेखदेख गर्दै आउनुभएको थियो । अन्तत सन्तान हुनुको कर्तव्य निर्वाह उहांले गर्नुभएको छ ।

 

बिगत १ वर्षदेखि थला परेकी आमाको आफ्नै घरमा राखेर सबिनाले स्याहार सुसार मात्रै गर्नुभएन, दिवंगत आमाको पशुपति आर्यघाटमा दाहसंस्कार गरी हिन्दु धर्म संस्कृति अनुसार कोरामा बसेर काजकिरीया समेत गर्दै आउनुभएको छ । छोरा छोरी दुबै बराबरी भन्ने कानूनी व्यवस्था भैसक्दा समेत समाजका अग्रज अर्थात् बुद्धीजीवीले समेत छोरीको अस्तित्वलाई अस्वीकार गरिरहेको अवस्थामा सविनाले गरेको उक्त कामलाई सबैले उदाहरणीय कार्य भएको बताउदै आएका छन ।

 

आफु जिवित हुँदाहँुदै पनि दिवंगत सासुको अन्तिम संस्कार र काजकिरीया गर्न सबिनाका पति शंकरले केसीले श्रीमती सबिनालाई यतिखेर पुर्णरुपमा साथ दिइरहनु भएको छ । यस अघि विक्रम संवत् २०७३ साल चैत १० गते ललितपुर महानगरपालिका ४ धोविघाटका भीमबहादुर बस्नेतको मृत्यु हुँदा उहाँकी विवाहित छोरी ज्योति बस्नेतले हिन्दु परम्परा अनुसारनै दागबत्ती दिएर बुबाको काजकिरीया गर्नुभएको थियो ।

 

पत्रकार बलराम प्यासीले आफ्नो ससुराको काजकिरीयाका लागि श्रीमती ज्योतिलाई साथ दिनुभएको थियो । समाजमा छोरा र छोरीको विभेद्को अन्त्यका लागि यस्ता कार्य गर्नु जरुरी छ प्यासी भन्नुहुन्छ । नर्सिङ पेशा गर्ने छोरीले आमाको किरीया गरेको अर्थात सार्वजनिक भएको घटना पहिलो भएको दावी गरिएको छ ।यो खबर आजको समाचारपत्रमा छ ।