नदीमा डुबेर युवकको मृत्यु

कञ्चनपुर, पुस २० । कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ मौरीफाँटाका २३ वर्षीय दिपक बादीको शुक्रबार मोहना नदीमा डुबेर मृत्यु भएको छ ।

नदीको मध्यभागमा बादीलाई डुबेको देखेपछि स्थनीय बासिन्दाले प्रहरीलाई खबर गरेका हुन् । तत्कालै इलाका प्रहरी कार्यालय कृष्णपुर गुलरीयाबाट गएको प्रहरीको टोलीले बादीको शव नदीबाट निकालेको छ ।

 

बादी मृगि रोगको विरामी रहेका थिए स्थानियलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय गुलरीयाका प्रहरी नायव निरिक्षक भरत धामीले भने,–‘नदीको मध्य भागमा पुगेर ढलेपछि डुवेर मृत्यु भएको अनुमान गरेका छौं । प्रारम्भिका अनुसन्धानमा अन्य कुनै कारणले मृत्यु भएको देखिदैन ।