कावासोती ४ हसौरामा एक महिलाको शव फेला

 

    शाेभा जिसी

कावासोती  पुस २१। नवलपुरको कावासोती ४ हसौरामा एक महिलाको शव फेला परेको छ ।कावासोती ४ की स्थानीय ५१ बर्षीया खिमा अधिकारीको रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । मुत्यु के कारणले भयो भने खुल्न सकेको छैन् ।

 

शवलाई पोष्टम्याटम्का लागि दुम्कौली प्राथमिक स्वास्थ सेवा केन्द्र केउरानी लगिएको नवलपुर जिल्ला प्रहरी कार्यालयका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।