नेपाल फार्मेसी संघ नवलपुरको अध्यक्षमा विष्णु कंडेलसहित ११ सदस्यीय नयाँ समिति गठन

 

शाेभा जिसी

नवलपुर  पुस २१। नेपाल फार्मेसी संघ नवलपुरको विहीबार अधिवेशनले नवलपुर अस्पतालका विष्णु कंडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति गठन गरेको छ ।

 

समितिको उपाध्यक्षयमा नवदिप कोइराला, सचिवमा विश्व काफ्ले, सहसचिवमा शोभा शर्मा, कोषाध्यक्षमा हरी सुवेदी, सहकोषाध्यक्षमा तारा चालिसे, सदस्यमा झलक शर्मा, आयुष्मा पौड्याल, हेमन्त घिमिरे, रामचन्द्र आचार्य र भीमप्रसाद पराजुली सर्वसम्मत रुपमा चयन भएका हुन् ।

 

नवनिर्वाचित अध्यक्ष विष्णु कंडलले अबका दिनमा औषधि पसल दर्ता गर्नको लागि काठमाडौं जानु पर्ने बाध्यता अन्त्य गर्न लागि पर्ने बताए ।कार्यक्रम नेपाल फार्मेसी संघ नवलपुरका संयोजक पारस खनालको अध्यतामा भएको थियो ।