कर्मचारी अर्को प्रदेशमा सरुवा !

काठमाडौं, पुस २२ । प्रदेश वा स्थानीय तहमा समायोजित कर्मचारी अब एक प्रदेशबाट अर्को प्रदेशमा वा एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरुवा हुन पाउन भएका छन् ।

 

सरकार र आधिकारिक ट्रेड युनियनबीच बिहीबार राति भएको नौबँदे सहमतिमा त्यस्तो उल्लेख छ । सोही सहमतिबमोजिम सरुवा हुन पाउनेगरी कानुनी व्यवस्था मिलाउन आधिकारिक ट्रेड युनियनसँग संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रतिबद्धता जनाएको हो । सम्बन्धित कर्मचारीको स्थायी ठेगानाका आधारमा एक प्रदेशबाट अर्को प्रदेश वा स्थानीय तहमा सरुवा हुन सक्ने व्यवस्था सहमतिपत्रमा उल्लेख छ ।

 

सहमतिको आठौं बुँदामा भनिएको छ । ‘कर्मचारी समायोजनपश्चात् प्रदेश वा स्थानीय तहमा समायोजन भएका सरकारी सेवाका कर्मचारीलाई निजको स्थायी ठेगाना भएको प्रदेश वा स्थानीय तहमा निश्चित अवधि तोकि तत्तत् तहको सहमति र मिल्दो सेवा समूहमा सरुवा हुनेगरी प्रदेश वा स्थानीय तहको सेवा सर्तसम्बन्धी कानुनमा व्यवस्था गर्न सिफारिस गर्ने सहमति भएको छ । नागरिक दैनिकबाट ।