३ कक्षा पास गरे भत्ता

काठमाडौं, पुस २२ । कक्षा ३ सम्म पनि नपढी बालबालिकाले विद्यालय छाड्ने समस्या बढेपछि पर्वतको एक विद्यालयले दिवा खाजा, पोसाक, शैक्षिक सामग्रीहरुबाहेक विद्यार्थीलाई भत्तासमेत वितरण गर्न थालेको छ ।

 

कुश्मा नगरपालिका –१ पाङको मालढुंगामा सञ्चालित श्रमिक प्राथमिक विद्यालयले कक्षा तीन उत्तिर्ण गरी ४ मा भर्ना भएका विद्यार्थीलाई भत्ता दिन थालेको हो । प्रधानाध्यापक तेजेन्द्रप्रसाद आर्चायको पहलमा गत वर्षदेखि प्रतिविद्यार्थी वार्षिक ३६ हजार ४ ससय रुपैयाँ भत्ता दिन थालिएको हो ।

 

यस वर्ष विद्यार्थीले भत्ता पाइरहेका छन् । कक्षा ३ पास गरेका आक्रोश माझी, सीता माझी, निर्मा माझी, कृष्ण माझी र अञ्जना माझीले गत असोजमा पहिलो किस्ताबापत १८ हजार ६ सयका दरले भत्ता बुझेका हुन । भत्ता पाउन थालेपछि बालबालिका विद्यालय नियमित आउन थालेको समाचार कान्तिपुर दैनिकमा छ ।