छ महिनामा साढे १० करोडको विद्युत भारतलाई बिक्री

काठमाडौं, पुस २२ । गत बैशाखयता नेपालले करिब दुई करोड किलोवाट आवर ९युनिट० विद्युत भारत निर्यातगरेको छ। अप्रिलदेखि नोभेम्बर २०१८ भित्रमा नेपाल विद्युत प्राधिकरणले भारतका विद्युत व्यापारीलाई कुलक एक करोड ८८ लाख ७४ हजार युनिट बिक्री गरेको हो।

 

प्रतियुनिट पाँच रुपैयाँ ५५ पैसाका दरले विद्युत बिक्री गरिएको हो । विद्युत बिक्रीबाट कुल १० करोड ४७ लाख ५० हजार ७०० रुपैयाँ आम्दानी भएको समाचार आर्थिक अभियान दैनिकमा छ।

 

नेपालमा विद्युतको खपत अत्यन्तै न्यु हुने रातका समयको विद्युत निर्यात गरी उक्त रकम आम्दानी गर्न सफल भएको प्राधिकरणका प्रवक्ता एवमं विद्युत व्यापार प्रमुख प्रवल अधिकारीले जानकारी दिए। सन् २०१४ मा नेपाल र भारतबीच सम्पन्न विद्युत व्यापार सम्झौता पिटिए ले नेपालले भारतलाई विद्युत बेच्ने औपचारिक ढोका खोल्ने वातावरण बनाएको थियो। तर, व्यवहारिक रुपमा भने धेरै अघिदेखि नै नेपालबाट विद्युत निर्यात भइरहेको प्रवक्त अधिकारी बताउँछन्।