निगमका महाप्रबन्धक कंसाकारलाई कालोमोसो दल्ने क्रान्तिकारी युवा लिग,नेपालका नेता तामाङ पक्राउ पक्राउ

काठमाडौं पुस २२। नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगरत्न कंसाकारलाई कालोमोसो दल्नेमध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।प्रहरिले मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीका कार्यकर्ता चन्द्रागिरी–४ का ३७ वर्षीय सुरेश तामाङलाई पक्राउ गरेको हो।

 

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले तामाङलाई थानकोटबाट पक्राउ गरेको हो ।वाइडबडी विमान प्रकरणमा घोटाला गर्न कंसाकारको मुख्य भुमिका रहेको भन्दै तामाङले कार्यकक्षमा गएर शुक्रबार कालोमोसो दलिएको थियो ।