पानीजहाज पनि चढ्न पाइन्छ ? धैर्य गरौँ, ‘रेलको टिकट खुल्छ : प्रधानमन्त्री ओली

काठमाण्डौँ, पुस २२। आइतबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले धैर्य गरौँ, ‘रेलको टिकट खुल्छ र पानीजहाज पनि चड्न पाइने बताउनु भ​एको छ​।

 

प्रधानमन्त्री ओलीले भनेस् पानीजहाजको कुरा गर्दा कागजको डुंगा फ्याँकियो, रेलका कुरा गर्दा रित्ता बाल्टिन लाइनमा राखियो । कहिले गुडिया रेल राखियो । अहिले पनि कुरा काटेको सुनेको छु– रेलको टिकट काटौँ भनेको काउन्टर खै रु हिजो नपत्याउनेहरूले आज हुन्छ भन्ने ठान्नुभएछ र कमसेकम काउन्टर खोज्न थाल्नुभएछ । धैर्य गरौँ, मेरो सुझाव छ । टिकट काट्न पाइन्छ । काउन्टर पनि खुल्छ ।”

 

सम्बोधनमा ओलीले भने,’ रेलको टिकट खुल्छ, पानीजहाज पनि चड्न पाइन्छ ढुक्क हुनुस्।’ उनका अनुसार जेल संञ्चालन र पानीजहाजको काम अगाडि बढिसकेको उनले दाबी गरे।