शिक्षा बजेट बढाउन करवृद्धिको तयारीमा सरकार

काठमाडौं, पुस २३ । सरकारले शिक्षा क्षेत्रको बजेट बढाउन करमा वृद्धि गर्ने तयारी थालेको छ ।सरकारका तीनवटै तहले शिक्षामा आफ्नो बजेटको न्यूनतम २० प्रतिशत बजेट विनियोजन गर्ने नीतिगत व्यवस्था गर्न सरकारले करको दायरा बढाउन थालेको हो ।

 

उच्चस्तरीय शिक्षा आयोगले शिक्षा बजेट २० प्रतिशत पुर्याउन सरकारलाई सुझाव दिएको थियो । हाल शिक्षा बजेट औसत १० प्रतिशत रहेको छ ।

शिक्षा बजेटमा वृद्धि गर्न सरकारले हरेक स्थानीय तहलाई कर लगाउन समेत अनुमति दिने भएको छ । आवश्यक खर्च व्यवस्था गर्न स्थानीय र प्रदेशले १५र१५ प्रतिशत र संघले ७० प्रतिशत बेहोर्ने व्यवस्था गर्न नीतिगत तयारी भइरहेको छ । आजको कारोबार दैनिकमा प्रकाशित छ ।