युएईका जेलमा दुई सय नेपाली

काठमाडौं, पुस २४ । नेपाली दूतावास अबुधावीले युएईका विभिन्न जेलमा दुई सय नेपाली रहेको जनाएको छ ।दूतावासले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार युएईका ८ वटा जेलमा १८८ पुरुष र १२ महिला रहेका छन् ।

 

 

दूतावासले दुबई, सारजाह, अल अथ्वा, अजमान, रसअलखेमा, उम्मलक्विन, फुजेराह र अलऐनस्थित जेलको अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको हो ।तथ्यांकअनुसार सबैभन्दा बढी अल अथ्वा सेन्ट्रल जेलमा ९८ जना नेपाली रहेका छन् ।   आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।