बम्जनको आश्रममा अनुयायीको हत्या भएको प्रमाण फेला परेको प्रहरीको दाबी

काठमाडौँ, पुस २४ । ‘तपस्वी’ रामबहादुर बम्जनको आश्रममा अनुयायीको हत्या भएको प्रमाण फेला परेको प्रहरीले दाबी गरेको छ ।

गत शुक्रबार र शनिबार केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० , जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र इलाका प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीले बम्जनको आश्रममा छापा मारेको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

 

फरेन्सिक विज्ञसहित काठमाडौँबाट पुगेको सीआईबीको टोलीले स्थानीय प्रहरीसँगको समन्वयमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ बाँडेगाउँस्थित बम्जनको आश्रममा अनुसन्धान गर्दा अनुयायी हत्यासम्बन्धी केही प्रमाण फेला परेको हो ।

 

अनुयायीका अनुसार खाडल उत्खननको क्रममा प्रहरीले आयोडिन नुनका नौ वटा खाली प्याकेट बरामद गरेको छ । तर, खाडलबाट शवको कुनै अवशेष भने प्रहरीले फेला पार्न सकेन ।