हिटर पड्किँदा आगलागी

काठमाडौं, पुस २४। जाडोको समयमा हिटरमा देखिएको विभिन्न समस्याले दुर्घटना हुनसक्ने भन्दै प्रहरीले सावधानी अपनाउन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालय काठमाडौंले ग्यासजडित तथा विद्युतीय सामग्री प्रयोग गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको हो ।

 

पुसको पहिलो हप्ता हिटरमा जोडेको ग्यास चुहिएर काठमाडौं, कलंकीका इन्जिनियर दम्पतीको ज्यान गएको घटना सेलाउन नपाउँदै मंगलबार बिहानमात्रै काठमाडौंको टोखामा हिटर पड्किएर आगोलागी भएको छ ।

 

टोखा नगरपालिका–११ भण्डारीटोलस्थित मुकुन्दराजप्रकाश घिमिरेको घरमा आगो ताप्ने हिटर पड्किएर आगोलागी हुँदा लत्ताकपडा, टीभी, ग्यास चुलोलगायत सामग्री जल्दा करिब रु दुई लाख बराबरको मालसामान नस्ट भएको प्रहरीले जनाएको छ । मानवीय क्षति भएको छैन ।