६ वर्षीया बालिका करणी गर्ने एक जना पक्राउ

भोजपुर, पुस २४। भोजपुरको षडानन्द नगरपालिका–१० सामपाङमा ६ वर्षीया बालिका करणी गर्ने एक जना पक्राउ परेका छन् । बालिका करणी गरेको आरोपमा १६ वर्षीय जेम्सलाई प्रहरीले पक्राउ गरेको हो ।

 

बालिकालाई गत पुस १३ गते करणी गरेको भए पनि आफन्तले सोमबार प्रहरीमा उजुरी दिएपछि पक्राउ गरिएको हो ।बालिकाको आज स्वास्थ्य परीक्षण गरिने जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख केशवकुमार थेवेले जानकारी दिनुभयो ।

 

आरोपितलाई मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । दुवै नाबालक भएकाले नाम भने गोप्य राखिएको प्रहरीको भनाइ छ ।