सम्बन्धविच्छेद गर्ने महिला भन्दा पुरुषको संख्या बढी

कन्चनपुर, पुस २४। कन्चनपुरमा सम्बन्धविच्छेद गर्ने पुरुषको संख्या बढेको छ। भदौ १ गतेबाट नयाँ मुलकी संहिता लागू भएपछि सम्बन्धविच्छेदका लागि अदालत पुग्ने पुरुषको संख्या बढेको हो ।

 

जिल्ला अदालत कन्चनपुरको तथ्यांक अनुसार चालू आर्थिक वर्षमा ४९ ओटा सम्बन्धविच्छेदका मुद्दा दायर भएका छन् । जसमध्ये पुरुषतर्फ २५ र महिलातर्फ २४ ओटा मुद्दा दायर भएका छन् ।