सात सय विदेशी देश निकाला
काठमाडौं, पुस २६ । गृह मन्त्रालयले अध्यागमन कानुन उल्लंघन गर्ने सात सय एक जना विदेशी नागरिकलाई निष्काशन गरेको छ । सन २०१८ को तथ्यांक अनुसार भिसा अवधि भन्दा बढी बसेका र विभिन्न कसुरमा पक्राउ परेका ६२ देशका नागरिकलाई निष्काशन गरिएको हो
निश्कासन गरिएकाहरुमाथि धर्म परिवर्तनमा संलग्न रहेको विभिन्न कसुरमा कैद भुक्तान गरेको जाली राहदानी तथा भिसा प्रयोग गरेको र भिसाबिना बसेको लगायतका अभियोग छन् ।
यसरी गृहले विभिन्न कसुर लागेका भारत टर्की श्रीलंका, युक्रेन,लेबनान,स्पेन, यमन लगायतका पुलुकका विदेशीलाई निश्कासन गरेको अन्नपुर्ण पोष्ट दैनिकमा समाचार छ ।