अब रोजगारीको लागी युएई र ओमान जान शुन्य लागत

काठमाडौं, पुस २६ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ओमान र युएईसँग पनि मलेसियाजस्तै शून्य लागतमा कामदार पठाउने सम्बन्धमा श्रम समझादारी९एमओयु० गर्ने तयारी गरेको छ।

 

एमओयुका लागि नेपालले जनवरीभित्र ओमान र युएईमा प्रारम्भिक अध्ययन र छलफलका लागि प्राविधिक टोली पठाउने तयारी गरेको छ। नेपालले युएईसँग यसअघि नै गरेको समझदारीलाई परिष्कृत गरेर अन्तर्राष्ट्रिय श्रम संगठन९आइएलओ०को अभिसन्धिअनुसार गर्ने र ओमानसँग नयाँ श्रम समझदारी गर्ने गरी योजना बनाएको समाचार कारोबार दैनिकमा छ।

 

युएई र आमोनअघि कतारसँग श्रम समझदारी हुने भए पनि यी दुई देशसँग भने कामदारका विभिन्न सेवा, सुविधा र अधिकारका लागि छलफल गर्ने नेपाल पक्षको योजना छ। युएई र ओमानसँग गरिने एमओयुको अवधारणमा अहिलेको आवश्यकताअनुसार निःशुल्क रुपमा श्रमिक जानसक्ने वातावरण तयार गर्ने गरी समझदारी गरिने सोच रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले बताए।