अकुत सम्पत्ति छानबिनमा अख्तियार सक्रियः गोपाल खड्कापछि वन मन्त्रालयका सहसचिवविरुद्ध मुद्दा दायर

काठमाडौँ , पुस २६ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सेवामा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिनलाई तीव्रता दिएको छ । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध मुद्दा दायर भएको तेस्रो दिन सहसचिव चन्द्रमान श्रेष्ठविरुद्ध गैरकानुन सम्पत्ति आर्जनको आरोपमा मुद्दा दायर गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

 

वन तथा वातावरण मन्त्रालयका कार्यरत सहसचिव श्रेष्ठको सम्पत्तिमध्ये एक करोड ३४ लाख पाँच सय ७६ रुपैयाँको स्रोत नखुलेपछि आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।छानबीनका क्रममा उनीसँग तीन करोड ४४ लाख सात सय ७५ रुपैयाँबराबरको सम्पत्ति भेटिएको थियो ।