नेपाली सेनाका चार पुर्व प्रधानसेनापति भारतिय सेनाको निमन्त्रणमा भारत जांदै

काठमाडौं , पुस २६ । भारतले नेपाली सेनाका अवकासप्राप्त सवै प्रधानसेनापतिलाई भारत भ्रमणमा बोलाएको छ । सैनिक स्रोतले दिएको जानकारीअनुसार भारतिय सेनाको सेना दिवसको अवसर पारेर उनिहरुलाई चार दिने भारत भ्रमणमा बोलाइएको हो ।

प्रधानसेनापति एक साता लामो भारत भ्रमणका लागी शुक्रवार भारत जाने तयारीमा छन् । भारतिय सेनाको सेना दिवसमा सहभागी हुन नेपाली सेनाका पुर्व प्रधानसेनापतिहरु जनवरी १५ मा भारत जाने तयारीमा छन् ।

 

नेपाली सेनाका प्रधानसेनापतिहरु रुकमांगत कटुवाल,गौरवशमशेर राणा,प्याराजंग थापा र राजेन्द्र क्षत्री भारत जाने निश्चित भइसकेको छ । सेनाका सवै चिफहरुलाई सेना दिवसको निम्तो भएपनि पुर्व प्रधानसेनापतिहरु अर्जुननरसिंह राणा,धर्मपाल थापा,प्रज्वलशमशेर राणा र छत्रमान गुरु¨ भने भारत भ्रमणमा नजाने स्रोतको दाबी छ । उनिहरुमध्ये कोही स्वदेश वाहिर र केहीको स्वास्थ्य अवस्थाको कारण देखाइएको बताईन्छ ।

 

भारतिय सेनाले पहिलो पटक पुर्व प्रधानसेनापतिहरुलाई भारत भ्रमणमा बोलाएको हो । स्रोतकाअनुसार भारतिय सेनाले सैनिक सम्बन्ध सुधारका लागी पुर्व प्रधानसेनापतिहरुलाई सेना दिवसमा बोलाएको हो ।

 

सेनाका पुर्व प्रधानसेनापति राजेन्द्र क्ष्ँत्रीले भारतिय सेनाका सेनाअध्यक्ष विपिन रावतको निमन्त्रणामा भारत जाने तयारीमा रहेको बतँए ।

हालका सेनापति थापा र पुर्व प्रधानसेनापतिको भारत भ्रमणको तयारीका लागी काठमाडौंस्थित भारतिय दूतावासमा कार्यरत भारतिय सेनाका सैनिक सहचारी कर्णेल अभानिस चम्वियाल विहिवार विहान नयां दिल्ली प्रस्थान गरिसकेका छन् ।

 

सुरक्षाविद् चिरनजंग थापाले भारतीय सेना र नेपाली सेनाको सम्बन्ध अदभुत, अतुलनिय र अक्षुण रहेको भन्दै पुर्व प्रधानसेनापतिहरुको भ्रमण सैनिक सम्बन्ध अझै प्रगाढ बनाउनका लागी भएको हुन सक्ने बताए । उनले भने ‘नाकावन्दीको वेला पनि सेनाको सम्बधका कारण दुई देशको सम्बन्ध सुमधुर भएको थियो, अहिले पनि नेपालसंग सम्बन्ध अझै घनिष्ट बनाउन खोजेको हुनसक्छ ।’

 

नेपाल र भारतको वीचमा सम्बन्ध विग्रेको वेला दुवै देशको सैनिक नेतृत्वले राजनीतिक नेतृत्वको वीचमा मध्यस्थकर्ताको भुमिका खेलेका थिए ।बिमस्टेकका सदस्य राष्ट्रको पुनेमा सम्पन्न भएको संयुक्त सैन्य अभ्यासमा नेपाली सेना सहभागी नभएपछि भारत असन्तुष्ट रहेको बताईन्छ ।