नेपाल आयल निगमलेपायो अर्को कुलमान घिसिङ महाप्रबन्धक भएकै दिन ईन्धनको मूल्य १० रुपैयाँ घटाउने निर्णय

काठमाडौं, पुस २६ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ ।साविकको बिक्री मूल्य १ सय ४ रुपैयाँ ५० पैसा प्रतिलिटरमा १० रुपैयाँ घटाएर ९४ रुपैयाँ ५० पैसा कायम गरिएको हो ।

 

निगमको ४९औँ वार्षिकोत्सव समारोहमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले मूल्य घटाउने सहमति भएको जानकारी दिएका हुन् ।निगमले बिहीबार राति बाह्र बजेदेखि लागू हुनेगरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ घटाएको निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले बताए ।

 

हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिकतर्फको हवाई भाडा पनि केही कम हुने मन्त्री यादवले बताए । केही पटक डिजल,पेट्रोल, मट्टीतेललगायतको भाउ घटे पनि हवाई इन्धनको मूल्य घटेको थिएन ।