के तपाइलाई थाहा छ त महिलामा हुनुपर्ने ३२ वटा गुण ? यस्ता छन् पुरा पढ्नुहोस्

नेपाली समाजमा हाम्रा बाजैबजैको पालादेखी नै स्त्री जातीलाई धेरै नै संस्कारमा राख्ने चलन छ । परापुर्वकाल देखी नै महिला जातीलाई घरभन्दा बाहिर त्यती हिडँडुल गर्न दिइदैन थ्यो तर अहिलेको परिप्रेक्ष्यमा भने त्यस्तो छैन महिलाहरुले धेरै नै स्वतन्त्रता पाइसकेका छन् ।

 

कुनै पनि महिलाई विवाहको लागी हेरिँदै छ भने बुढापाकाले ३२ गुण भएकी हेर्नुपर्छ भन्ने संस्कार नेपाली समाजमा अझैपनि रहि आएको छ । कुनै पनि महिलामा ३२ लक्षण हुनु धर्मशास्त्रमै राम्रो मानिन्छ ।तर के तपाईलाई थाहा छ त त्यो ३२ वटा गुण जुन महिलामा हुनुपर्छ त्यो के के हो रु यस्ता छन् ३२ गुण

 

१ . पद्मासनमा बस्दा वृत्ताकार गोलो आसनमा हुनु
२ . हातका औँला लामा–लामा हुनु
३ . औलाका कापमा छाला विशेष बढी र जोड्दा टम्म मिलेका हुनु
४ . छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तै तेज हुनु

५ . शरीरमा विभिन्न सात सुगन्ध हुनु
६  .हरिणका जस्ता फिला हुनु
७ . गुप्ताङगहरु गुप्त रहनु
८  .शरीरको माथिल्लो भाग सलक्क मिलेको हुनु
९ . शरीरका सम्पुर्ण अङगहरु सुगठित हुनु
१० . काँध पुष्ट, चौडा र गोलो हुनु

११ . पाखुरा राम्ररी फर्कने हुनु
१२ . पाखुरा लामा हुनु
१३ . सम्पुर्ण शरीर तेजोमय हुनु
१४ . शंख समान घाँटी हुनु
१५ . सोझो र सिंहको जस्तो चिउँडो हुनु
१६ . ३२ वटा दाँत हुनु

१७ . चम्किला र टमक्क जोडिएका दाँत हुनु
१८ . समान मिलेका दाँत हुनु
१९ . बंगारा स्वच्छ र सुन्दर हुनु
२० . जिब्रो लामो हुनु
२१ . विभिन्न सानोभन्दा सानो स्वाद लिने शक्ति हुनु
२२ . पातलो स्वर हुनु

२३ . बिभिन्न विषयमा ज्ञानको चासो राख्ने बानी हुनु
२४ . कुरामा अडिक रहनु
२५ . आँखीभौँका बीच रौँकै कोमल र सूक्ष्म रेखा हुनु
२६ . मिलेको कपाल हुनु
२७ . अल्छी नहुनु
२८ . अरुलाई चाडै प्रभावमा पार्न सक्ने क्षमता हुनु

२९ . शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ हुनु
३० . चमक्क चम्किने केश हुनु
३१ . स्वभाव लज्जालु हुनु
३२  .दुढ स्वभाव हुनु