अराजकताको पराकास्ट

पि.एम महतारा

  काठमाडौँबाट नारायणघाटका लागि छुटेको माईक्रो मलेखुमा खाजाका लागि रोकियो । म राजमार्ग छेउका होटेलबाट परिचित छु ।केहि समयपछी हजुरबा उमेरका ब्यक्ति कडकिदै आउनु भयो ।।कारण थियो कालो चिया को ३० रुपैया ,बा ले होटेल मालिकलाई थर्काउनु भएछ ।के तिम्लाई मर्नु पर्दैन  शाहुजीले २५ दिनु हल्ला नगर्नु बा भनेर थमारेछन । यो त प्रतिनिधि घटना मात्र हो ,कयौं सरकारी ,गैर सरकारी ,अर्धसरकारी ,शीक्षा,स्वास्थ्यमा अराजकता हटाउनै नसकिने गरि मौलाएको छ । लाग्छ देशमा कानुन छैन ,सरकार छैन ,मानिसमा नैतिकता छैन ,लाज छैन । कहिलेबाट हामीले संबिधानको आडमा बाच्न पाउने ? कहिलेबाट सरकार छ भन्ने अनुभूति गर्न पाउने ? जब सम्म संबिधान कर्यन्वन हुदैन त्यो कागज मात्र हो ।।तेस्को कुनै अर्थ छैन । जब सम्म म गर्छु भन्ने भावना सरकार र सरकारी क्षेत्रमा आउदैन हामी सुखी नेपाल र खुसि नेपाली भन्ने कुरा कल्पना मात्र गर्न सक्छौ ।

संबिधान बन्दा र दुई तिहाई सरकार बन्दा बिश्वकै खुसि जनता नेपालका थिए ,तर त्यो खुसि निरासामा बदलिएको छ । देशमा केहि हुन्छ ,रोजगारी सिर्जना हुन्छ भन्ने आशा लगभग मरी सकेको छ । गिदीको गन्ति भन्दा टाउकोको गन्तिबाट बनेको दुई तिहाई सरकारको व्यवहार जनता लक्षित कत्ति देखिदैन । सरकार गठन लगतै भएको ३३ किलो सुन काण्ड कता हरायो अत्तो पत्तो छैन ,निर्मला पन्तको बलात्कारपछी हत्या भएको घटना सरकारले यसरि दबायो त्यहा ठुलै सरकारी प्रतिनिधि संल्गन्न छन ,आपराधी संरक्षित गराईन्छ ,हत्या आरोपमा जेलमा भएको ब्यक्ति संसदको हैसियतमा सपथ खान्छ । कालो बजारी ,महगी ,मनोमानी ,भ्रस्टाचार चरमचुलीमा छ ।

२ अंकको आर्थिक बृदी गर्ने लक्ष्य लिएको सरकारको अर्थतन्त्र डामाडोल हुने अबस्थामा पुगेको छ, रेमिटान्स र दातृ रास्ट्रको भरमा चलेको अर्थतन्त्र कहाँसम्म पुग्ने हो टुंगो छैन । व्यापार घाटा उकालो लाग्ने क्रममा छ ,व्यापार आयतमुखी छ , दैनिक सामग्री देखि ठुला सामग्रीको लागि बैदेसिक व्यापारमै निर्रभ छ । छानविन समितिबाट येथेस्ट प्रामाण दिदा दिदै पनि भ्रस्टाचारी उच्च ओहदामै आसिन हुन्छ।।एस्को मुख्य कारण तल्लो तह देखि माथिल्लो तह सम्मको भागबन्डा नै हो स । सरकार भ्रस्टाचार बिरुद्ध सुन्य सहनसिलता भन्छ तर तथ्यांकले दक्षिण एशियाकै तेस्रो भ्रस्ट मुलुक भन्छ । काम भन्दा कैबात ठुलो भन्ने उखान सिरोधार्य गरेको सरकारको दिगो बिकाशको अबधारणा नहुनु ,सरकारी निकायहरु बीच नै सम्न्यन नहुनु जस्ता कारण तथा कमिसन तन्त्र हाबीको कारणले हुन लागेका र सकिन लागेका आयोजनाहरु अन्यौलमा परेका छन ।।यसको पछिल्लो उदाहरण मेलम्ची खानेपनि आयोजन पनि एक हो ।
सरकार यति सम्म घिणीत काम गर्छ ।।सामाजिक अभियन्ताले सुरु गर्न लागेको काम उद्घाटन गर्छ ।।ताली पडकाउछ ।।एस्तो लाज पचाउन सक्नु पनि क्षमता नै हो ।
हामीलाई ठुला रेल र पानि जहाज तत्काल चाहिदैन ,जनताले सुख संग खान र लगाउन पाउनु पर्छ । बिकट पहाडी हिमाली क्षेत्रमा बसोबास गर्ने मानिस ले पनि सरकार छ भन्ने अनुभव गर्न पाए भने तत्काल १०१ औ स्थानमा रहेको खुसि राष्ट्र नेपाल अझै माथि जाने छ । शीक्षा तथा स्वास्थ्य क्षेत्रमा माफिया तन्त्र को अन्त्य भएमा कक्षा १२ पास गरेको किसोरको अस्ट्रेलिया जाने सपना आफै त्याग्ने छ । नेपालमै केहि रोजगारीको अबस्था सिर्जना गरेमा कोरिया र जापानले रोजगारी खुलाउदा खुसि नभए पनि हुने छ र खाडी मुलुक संग श्रम सम्झौता गरेको सरकार ले आफ्नो उपलब्धि ठान्नु पर्ने छैन ।

सबै दोष सरकालाई थुपार्नपनि मिल्दैन ,देशको लागि संबिधानले निर्धारण गरेका कर्तब्यपनि जनताबाट पनि पालना गर्नु अपरिहार्य छ । जनतापनि नैतिकवान बन्नु जुरुरी नै छ ,बिश्वका सुसासित देशका नागरिकहरुको पनि सुसासीत देश बनाउन उतिकै भूमिका रहेको हुन्छ । बिश्वका उदाहरनिय दक्षिण कोरिया ,सिंगापुर,चिन जस्ता देशबाट पाठ सिक्दै ,दिगो बिकाश ,भ्रस्टाचारमा नियन्त्रण तथा माफिया तन्त्रबाट सरकार माथि उठेर काम गर्यो भने समृद्धि हाम्रै पालामा ?