आज मिति २०७५ साल फागुन ५ गते आइतबार पशुपतिनाथको दर्शन गरि आजको राशिफल पढ्नुहोस् र सेयर गर्नुहो।तपाईको मनोकामना पुरा हुनेछ

मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ

कृषि तथा पशुपालन व्यावसायबाट भनेजस्तो नाफा कमाउँन सकिनेछ । आमा तथा साथिभाई ईष्टमित्रबाट सहयोग हुँने हुँनाले मन खुसि हुँनेछ । बिद्यामा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । जग्गा खरिद बिक्रीबाट आम्दानि गर्न सकिनेछ । आफ्नो भन्दा अरुको काममा दिन बित्ने हुँदा साथिभाई खुसि रहनेछन् । सामाजिक काममा दिन बित्ने योग रहेको छ ।

बृष ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो

पराक्रम बढेर जाने हुँनाले जोसिलो काम गर्ने जागर आउँनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुनेछन् । दाजुभाई तथा छिमेकिहरु सँगको सम्बन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाईलो यात्रा हुँन सक्छ । उत्पादित उद्योगमा लगानि बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

मिथुन का,की,कू,घ,ङ,छ,के,को,हा

शुभ मांगलिक सभा समारोह तथा वनभोज जस्ता कार्यक्रममा सहभागि भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । व्यावसायमा प्रशस्त नाफा कमाउँन सकिने हुँनाले दैनिकि फेरिनेछ । प्रेम प्रसङगमा रमाउँन चाहनेहरुका लागि दिनले साथ दिईने हुँनाले आफुले मन परेको प्रिय पात्रलाई आफ्नै मन मुटुमा राख्न पाउँदा मन प्रशन्न हुँनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने तथा थोरै बोलेर मनग्ने आम्दानि गर्न सकिनेछ ।

कर्कट ही,हू,हे,हो,डा,डी,डु,डे,डो

महत्वपुर्ण जिम्मेवारि सम्पादनको गर्ने जिम्मा तपाईको काधमा आउनेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । मान सम्मान तथा ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ । सांगितिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेम तथा पति पत्निबिच मायामा बिश्वासको बाताबरण बढेर जानेछ ।

सिहं मा,मी,मू,मे,मो,टा,टी,टू,टे

न्यून पारिश्रमिकमा दिनभर काममा व्यास्त हुँनुपर्दा मन खिन्न हुँनेछ । आर्थिक अभावले महत्वपुर्ण कामहरु थाति हुँनेछन् । लामो दुरिको बैदेशिक यात्राको तय हुँनेछ भने बिदेशि भुमिमा बसेर श्रम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउँन सक्नेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या बढ्ने तथा औषधि उपचार खर्च बढेर जानेछ । अन्यकाममा सहभागि हुँदा पढाई लेखाई भने थाति रहनेछ ।

कन्या टो,पा,पी,पु,ष,ण,ठ,पे,पो

आम्दानिका नयाँ नयाँ बाटाहरु पहिल्याउँदै मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ । सरकारि धन तथा पैत्रिक सम्पति हात लागि हुँने योग रहेकोछ । अधुरा तथा पुराना कामहरु फत्ते हुँने तथा नयाँ प्रकृतिका काम आउँनेछन् । माया प्रेममा एक अर्काबिच आत्मियता बढ्नेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफुतिर ल्याउँन सकिनेछ ।

तुला रा,री,रु,रे,रो,ता,ती,तू,ते

नयाँ काम पाउँने तथा नोकरिमा बढुवा हुँने योग रहेकोछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ भने कार्यक्षेत्रमा तपाईको कामको उच्च मुल्याङन हुँनेछ । बिद्यार्थि वर्गहरुले थोरै मेहनेत गर्दा पनि उत्कृष्ट नतिजा हात पार्नेछन् । गित संगित तथा मोडलिङ क्षेत्रमा ध्यान जानेछ । जस्तोसुकै व्यापार व्यावसायमा लगानि गर्दापनि भनेजस्तो आम्दानि हुँने हुँनाले थप लगानि गर्न आट आउँनेछ ।

बृश्चिक तो,ना,नी,नू,ने,नो,या,यी,यू

सरकारि तथा प्रशासनिक काममा सम्मानजनक उपश्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगति भएर जानेछ । लामो दरिको शैक्षिक तथा धार्मिक यात्राको तय गर्न सकिनेछ । प्रेम तथा मित्रताको गाठो कसिलो भएर जानेछ । बिहानको समय मध्ययम रहेकोले आफन्त सँग टाडिनु पर्दा मन खिन्न हुनेछ ।

धनु ये,यो,भा,भी,भू,ध,फा,ढा,भे

समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । बिहानको समयमा गरिने लगानि फस्टाएर जानेछ ।

मकर भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी

भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेकोछ । आफुले मन पराएको मानिससँग रमाईलो यात्रा गर्न सकिने तथा यात्राका क्रममा बिभिन्न मन लोभ्याउँने दृष्यहरु मन मुटुमा कैद गर्न पाउँद मन प्रफुल्लित हुँनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ भने नयाँ नयाँ आम्दानिका बाटाहरु फेला पर्नेछन् । पढाई लेखाईमा उत्कृष्ट नतिजा हात लाग्ने तथा प्रतिश्पर्धिहरु आफै किनारा लाग्नेछन् । बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ ।

कुम्भ गू,गे,गो,सा,सी,सू,से,सो,दा

सत्रु परास्त हुँनेछन् भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै सकारात्मक नतिजा हात लाग्ने योग रहेकोछ । आयात निर्यात व्यावसायबाट मनग्गे आम्दानि हुँनेछ भने मामा तथा मावलि पक्षबाट तपाईको काममा सहयोग तथा समर्थन पाईने हँदा मन प्रसन्न हुँनेछ । पुराना तथा थाति रहेका काम तथा आर्थिक मुद्दाहरु हल भएर जानेछन् ।

मीन दी,दू,थ,झ,ञ,दे,दो,चा,ची

बौद्धिक ब्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाफा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।