आज मिति २०७५ साल फागुन ६ गते सोमबार भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस् र सेयर गर्नुहोस्

मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ

सामाजिक काममा समय बित्ने भएपनि तपाईको डाहा गर्नेहरुले जनतामाझ अनावस्यक भ्रम तथा गलत म्यासेज लाने हुँनाले आलोचनाको शिकार होईनेछ । व्यापार व्यावसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेभ भने कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुले भनेजस्तो आम्दानि गर्न सक्नेछन् । माया प्रेममा अबिश्वास सिर्जना हुँनेछ भने घर परिवारमा आमा सँग मनमुटाव उत्पन्न हुँनेछ । अन्य काममा व्यास्त हुँदा पढाई लेखाई कमजोर रहनेछ ।

बृष ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो

दाजुभाई तथा छिमेकिबाट तपाईले सुरु गर्नुभएको कामको उच्च मुल्याङकन हुँनेछ । व्यापार व्यावसायमा भनेजस्तो नाँफा कमाउँन सकिनेछ भने छोटो तथा रमाईलो व्यावसायिक यात्राको तय हुँनेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा भनेजस्तो सफलता हात लाग्नेछ ।

मिथुन का,की,कू,घ,ङ,छ,के,को,हा

थोरै बोलेर मनग्गे आम्दानि गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको निर्णयको उच्च मुल्याङन हुँनेछ भने समानमा सम्मानित जीवन यापन गर्न सकिनेछ । घर परिवार तथा जीवनसाथिको सहयोगले मन प्रफल्लित हुँनेछ । अध्यनमा प्रगति हुँने तथा खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईकै वर्चस्व कायम रहनेछ । कुटुम्वसँग मिलेर गरिने कुनै पनि काम फस्टाएर जानेछ । बहुमुल्य बस्तुहरु तथा धातुहरु जोड्ने समय रहेकोछ ।

कर्कट ही,हू,हे,हो,डा,डी,डु,डे,डो

राम्रा तथा सामाजिक काम गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने हुँदा आर्थिक रुपमा सबल होईनेछ । थोरै स्रोत साधन प्रयोग गरि असिमित आवस्यक्ता हरु पुरा गर्न सकिनेछ । प्रेम प्रशङमा रमाउँन चाहानेहरुका लागि दिनले साथ दिने हुँदा मिठा मिठा कुरा गरि समय व्यातित गर्न सकिनेछ । पढाईमा प्रगति हुँने तथा नतिजा तपाई आफ्नै पोल्टोमा पर्नेछ ।

सिहं मा,मी,मू,मे,मो,टा,टी,टू,टे

स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ भने शरिरमा आलस्यता तथा अल्छिपना बढेर जानेछ । अनाबस्यक ठाउँमा श्रम तथा शक्ति खर्च हुँन सक्छ ध्यान दिनुहोला । ध्यान अन्यत्रै मोडिदा पढाई लेखाई कमजोर रहनेछ । व्यापार व्यावासायमा भनेजस्तो आम्दानि गर्न प्रशस्त समय खर्चनु पर्नेछ भने बिदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ । प्रेममा धोका तथा बिश्वासघात हुँनेछ ध्यान दिनुहोला ।

कन्या टो,पा,पी,पु,ष,ण,ठ,पे,पो

अध्ययन तथा अध्यापनमा रुचि बढ्नेछ । व्यापार व्यावसायमा समय दिनुहोला मनग्गे रुपैया पैसा कमाउँने समय रहेको छ । माया प्रममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवनमा सामान्य बिवाद सिर्जना हुनेछ । रमाईलो बाताबरणमा दिन बित्ने तथा अरुकै प्रायोजनमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । चिठ्ठा तथा उपाहार प्राप्तिको योग रहेको छ ।

तुला रा,री,रु,रे,रो,ता,ती,तू,ते

व्यापार व्यावसाय फस्टाएर जानेछ । नयाँ काम पाउँने तथा नोकरिमा पदोन्नति हुँने समय रहेको छ । साथिभाई सँग रमाईलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पढाई लेखाईमा अन्य दिन भन्दा सुधार भएर जानेछ । राजनिति कर्मिहरुका लागि आजको दिन उत्तम रहेको छ । आफुले माया गर्ने मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुँनेछ ।

बृश्चिक तो,ना,नी,नू,ने,नो,या,यी,यू

धर्म कर्ममा ध्यान जानेछ भने धार्मिक अनुष्ठान तथा मन्दिरहरुको यात्रा हुनेछ । सानो प्रयत्नले कामहरु बन्ने हुँनाले मन खुसि हुँनेछ । व्यावसायमा लगानि बढाएर भनेजस्तो नाफा कमाउँन सकिनेछ । अध्ययन तथा अध्यापनमा ध्यान जाने हुँनाले अरुलाई उछिन्दै अगाडि बढ्न सकिनेछ । आत्मिय मित्र तथा आफन्तको साथ पाईने हुँनाले काम गर्न जागर बढ्नेछ ।

धनु ये,यो,भा,भी,भू,ध,फा,ढा,भे

परिवार बिषेश गरि दिदिबहिनीहरु सँगको सम्बन्धमा आउँने वैचारिक द्वन्द्धले उतारचडाव ल्याउँनेछ । अरुकै काममा समय बित्नेहुँदा पढाई लेखाई प्रभावित हुँनेछ । व्यापार व्यावसाय खस्कनेछ भने स्वास्थ्य कमजोर रहनेछ । ऋण,रोग तथा सत्रुको सामना गर्नुपर्दा दैनिक कामहरु प्रभावित हुँनेछन् । प्रेम सम्बन्धमा मनमुटावको अवस्था सिर्जना हुँनेछ ।

मकर भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी

माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच मायाको डोरो कसिलो हुँनेछ । पारिवारिक यात्रा हुँने अधिक सम्भावना रहेकोछ भने यात्राका क्रममा बिभिन्न मनमोहक दृष्यहरु मन मुुटुमा कैद गर्न सकिनेछ । एकल तथा साझेदारि व्यावसाय फस्टाएर जानेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्नेछ । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ ।

कुम्भ गू,गे,गो,सा,सी,सू,से,सो,दा

माया प्रेमको गाठो कसिलो हुँनुको साथै दाम्पत्य जीवन सुमधुर रहनेछ । सत्रु परास्त हुँनेछन् भने न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगाडि बढि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । व्यापार व्याबसायबाट भनेजस्तो आम्दानि जीवन यापन सहज मार्गमा अगाडि बढ्नेछ ।

मीन दी,दू,थ,झ,ञ,दे,दो,चा,ची

आकस्मिक धन,सम्पति लाभ हुँने तथा चिठ्ठा,उपहार प्राप्तिको योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिचको मायाको गाठो कसिलो भएर जानेछ । सन्तान तथा छोराछोरिले तपाईको काममा भरपुर सहयोग तथा समर्थन गर्नेछन् भने सन्तानको प्रगतिमा मन रमाउँनेछ । बिद्यामा उत्कृष्ट नतिजा हात लाग्ने तथा पुरस्कार तपाईकै पोल्टोमा पर्नेछ ।