आज मिति २०७५ साल फागुन १५ गते बुधबार पशुपतिनाथको दर्शन गरि आजको राशिफल पढ्नुहोस् र सेयर गर्नुहोस्

मेष  चू,चे,चो,ला,लि,लू,ले,लो,अ

व्यापार व्यावसायमा अलि बढि समय दिनसके आम्दानि बढाउँन सकिनेछ । माया प्रेममा सामान्य मनमुटाब भएपनि अन्तत एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । अन्य काममा व्यास्त हुँदा अध्ययन अध्यापनको पाटो कमजोर रहनेछ । चेलि तथा माईति बिचको सम्बन्धमा दुरि बढ्ने योग रहेकोछ ।

बृष  ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो

भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेकोछ । आफुले मन पराएको मानिससँग रमाईलो यात्रा गर्न सकिने तथा यात्राका क्रममा बिभिन्न मन लोभ्याउँने दृष्यहरु मन मुटुमा कैद गर्न पाउँद मन प्रफुल्लित हुँनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ भने नयाँ नयाँ आम्दानिका बाटाहरु फेला पर्नेछन् । पढाई लेखाईमा उत्कृष्ट नतिजा हात लाग्ने तथा प्रतिश्पर्धिहरु आफै किनारा लाग्नेछन् । बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ ।

मिथुन  का,की,कू,घ,ङ,छ,के,को,हा

नोकरि तथा राजनितिमा गरिने प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै चाहेको गन्तब्यमा पुग्न सकिनेछ । पढाई लेखाईमा एक कदम अगाडि बढि उत्कृष्ट नतिजा ल्याउँन सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धि समस्या हल भएर जानेछ भने थाति रहेका कामहरुलाई गति दिन सकिनेछ । माया प्रेममा रमाउँन चाहनेहरु एक अर्कालाई बिश्वास गरि अगाडि बढ्न सक्नेछन् ।

कर्कट  ही,हू,हे,हो,डा,डी,डु,डे,डो

माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् । स्वास्थ्य आफ्नै काबुमा रहने हुँनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउँनेछ । रमाईलो यात्राको तय हुँने तथा व्यापारबाट मनग्गे नाफा कमाउँन सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ ।

सिहंमा,मी,मू,मे,मो,टा,टी,टू,टे

कृषि तथा पशुपालन व्यावसायबाट भनेजस्तो नाफा कमाउँन सकिनेछ । आमा तथा साथिभाई ईष्टमित्रबाट सहयोग हुँने हुँनाले मन खुसि हुँनेछ । बिद्यामा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । जग्गा खरिद बिक्रीबाट आम्दानि गर्न सकिनेछ । आफ्नो भन्दा अरुको काममा दिन बित्ने हुँदा साथिभाई खुसि रहनेछन् । सामाजिक काममा दिन बित्ने योग रहेको छ ।

कन्या  टो,पा,पी,पु,ष,ण,ठ,पे,पो

पराक्रम बढेर जाने हुँनाले जोसिलो काम गर्ने जागर आउँनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुनेछन् । दाजुभाई तथा छिमेकिहरु सँगको सम्बन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाईलो यात्रा हुँन सक्छ । उत्पादित उद्योगमा लगानि बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

तुलारा,री,रु,रे,रो,ता,ती,तू,ते

थोरै बोलेर मनग्गे आम्दानि गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको निर्णयको उच्च मुल्याङन हुँनेछ भने समानमा सम्मानित जीवन यापन गर्न सकिनेछ । घर परिवार तथा जीवनसाथिको सहयोगले मन प्रफल्लित हुँनेछ । अध्यनमा प्रगति हुँने तथा खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईकै वर्चस्व कायम रहनेछ । कुटुम्वसँग मिलेर गरिने कुनै पनि काम फस्टाएर जानेछ । बहुमुल्य बस्तुहरु तथा धातुहरु जोड्ने समय रहेकोछ ।

बृश्चिक तो,ना,नी,नू,ने,नो,या,यी,यू

उद्योग धन्दा तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानिका स्रोतहरु फराकिला हुँनेछन् । पढाई लेखाईमा मन जाने हुँनाले अरुभन्दा अग्र पंत्तिमा तपाईको नाम आउँनेछ । माया प्रेम तथा पारिवारिक सुखका लागि समय अनुकुल रहनेछ । राजनिति तथा खेलकुदमा समय खर्चिने हरुका लागि समय उत्तम रहेकोछ । सुन्दर पहिरमा सजिएर अरुको मन लोभ्याउँन सकिनेछ ।

धनु  ये,यो,भा,भी,भू,ध,फा,ढा,भे

चन्द्रमा खर्च स्थानमा गोचर गरिरहेको भए पनि पढाई तथा कामको शिलशिलामा लामो दुरिको यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर श्रम गर्नेहरुका लागि समयले साथ दिनेछ । अग्रज तथा आफन्तको सल्लाह मानेर अगाडि बढ्नुहोला । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

मकर  भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी

पढाई लेखाईमा उल्लेख्य सुधार आई अरुलाई निकै पछाडि पारिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा पति पत्निबिचको सम्बन्धमा सुधार भएर जानेछ । दिगो काम गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ । व्यापारमा लगानि बढाई भनेजस्तो नाफा कमाउँन सकिनेछ । दाजुभाईले तपाईको काममा आर्थिक सहयोग गर्ने हुँनाले मन प्रसन्न रहनेछ । ईच्छा तथा मनोकामनाहरु पुरा हुँनेछन् ।

कुम्भ गू,गे,गो,सा,सी,सू,से,सो,दा

मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ । ब्यापार ब्याबसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । थोरै मेहनेतबाट प्रशस्त लाभ लिने समय रहेको छ । राजनिति तथा समाजसेवामा जनताको बलियो समर्थन प्राप्त होला । बुवा तथा बुवा सरहका ब्याक्तिबाट भरपुर सहयोग प्राप्त हुनेछ । बिद्या तथा बादबिवाद प्रतियोगितामा तपाई अब्बल साबित हुनुहुनेछ ।

मीन  दी,दू,थ,झ,ञ,दे,दो,चा,ची

धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारि तथा प्रशासनिक काममा सम्मानजनक उपश्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगति भएर जानेछ । लामो दरिको शैक्षिक तथा धार्मिक यात्राको तय गर्न सकिनेछ । प्रेम तथा मित्रताको गाठो कसिलो भएर जानेछ ।