आज मिति २०७५ साल फागुन १६ गते बिहीबार पाथीभरा मातालाई दर्शन गरी आजको राशीफल पढ्नुहोस् र शेयर गर्नुहोस्

मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ

शैक्षिक तथा धार्मिक यात्राको प्रशस्त सम्भावना भएपनि गन्तब्यमा पुग्नु अगाबै बिभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । व्यापार व्यावसायमा घाटा लाग्ने योग रहेकोछ भने समयले साभ नदिदा कामहरु समाउँन मुस्किल पर्नेछ । पढाई लेखाईमा समय दिए पनि अरुनै कामको प्रेसरलो प्रगति गर्न सकिने छैन । प्रणय सम्बन्धमा चिसोपनको बिकास हुनेछ भने परिवारमा आफन्तबिच राय बाजिनेछ ।

बृष ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो

कामहरु समयमा सम्पन्न नहुँने तथा आलोचकहरु बढ्नेछन् । पढाई लेखाई तपाई आफ्नै कारणले फितलो रहनेछ । पहिलेनै फत्ते भईसकेका कामहरु पुनह दोहेरिने हुँदा मानशिक तनाव बढ्नेछ । सानातिना घरेलु समस्याले सताउँनेछ भने आफन्त तथा दिदिबहिनिहरु सँग घरायसि बिषयमा मनमुटाव सिर्जना हुँनेछ । माया प्रेममा धोका अबिश्वास बढ्ने हुँनाले प्रेम गर्ने जोडिहरु आज नभेट्दानै राम्रो रहेकोछ ।

मिथुन का,की,कू,घ,ङ,छ,के,को,हा

एकल तथा साझेदारि व्यावसायबाट भनेजस्तो नाफा कमाउँन सकिनेछ । लामो दुरिको व्यावसायिक यात्राको अधिक सम्भावना रहेकोछ । प्रेम सम्बन्धमा थप सुमधुरता आउँने तथा साथिभाईहरुबिच मित्रताको बन्धन कसिलो भएर जानेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा थोरै समय दिएर चित्त बुझ्दो उलपब्धि हासिल गर्न सकिनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागि भई मिष्टान्न भोजनका साथ समय कटाउँन सकिनेछ ।

कर्कट ही,हू,हे,हो,डा,डी,डु,डे,डो

अदालत तथा न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने हुँदा मन प्रशन्न रहनेछ । सत्रु परास्त हुँने तथा पुराना स्वास्थ्य सम्बन्धि समस्या हल भएर जानेछ । व्यापार व्यापार फस्टाएर जाने हुँनाले भने जस्तो आम्दानि गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुँनाले अरु भन्दा एक कदम अगाडि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ ।

सिहं मा,मी,मू,मे,मो,टा,टी,टू,टे

नयाँ व्यावसाय थालन नगर्नुनै राम्रो रहेकोछ भने पुराना व्यावसायलाई निरन्तरता दिन सकिनेछ । माया प्रेममा आजको दिन नभेट्दा नै राम्रो हुँनेछ किनकि भेटमा एक अर्कालाई शंकाको दृष्लिे हेर्दा थप समस्या उत्पन्न हुँने योग रहेकोछ । पढाई लेखाईमा अरुभन्दा पछि परिनेछ भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । खानपानमा ध्यान दिनुहोला बिरामि हुँने योग रहेकोछ ।

कन्याटो,पा,पी,पु,ष,ण,ठ,पे,पो

आत्मिय साथि तथा आफन्त सँग मनमुटाब बढ्नेछ भने आमा तथा आमा सरहका मानिस सँग बिवाद बढ्ने योग रहेको छ । व्यापार व्यावसायमा प्रसस्त समय दिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । प्रतिश्पर्धिहरुले काममा अवरोध पु¥याउन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नुहुनेछ । सामान्य छाति सम्बन्धि समस्या आउन सक्छ ख्याल गर्नुहोला ।

तुला रा,री,रु,रे,रो,ता,ती,तू,ते

दाजुभाई तथा छिमेकिबाट सहयोग तथा उपाहार प्राप्तिको योग रहेकोछ । आफन्त तथा मन पर्ने साथिकासाथ छोटो,रमाईलो तथा अर्थपुर्ण यात्रा हुने हुँनाले मन प्रशन्न रहनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछ भने सत्रु परास्त हुँनेछन् । खोज तथा अनुशन्धानको क्षेत्रबाट सकारात्मक नतिजा निस्कने हुँनाले अध्ययन अध्यापनमा मन जानेछ । आफुलाई मन पर्ने भौतिक सम्पति जोड्न पाउँदा मन हर्सित हुँनेछ ।

बृश्चिक तो,ना,नी,नू,ने,नो,या,यी,यू

रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला पैसाकै कारणले आफन्त वा साथिभाई बिच मनमुटाव सिर्जना हुँनेछ । बोलिको प्रभाव घट्ने हुँनाले बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला । व्यापार व्यावसायमा समय दिन नसक्दा भनेजस्तो आम्दानि गर्न कठिन रहेकोछ । साथिभाई तथा आफन्तहरु तपाईको आलोचना गर्न लागि पर्नेछन् । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ खानपानमा ध्यान दिनुहोला ।

धनु ये,यो,भा,भी,भू,ध,फा,ढा,भे

तपाईबाट राम्रा काम हुँने हुँनाले आफन्त तथा साथिभाईहरु खुसि हुँनेछन् । राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउँन सकिनेछ । सिर्जनात्मक काम गरेर आम्दानिका स्रोत बढाउँन सकिनेछ । पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । घर परिवारमा आफन्त सँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुँनाले सबै खुसि रहनेछन् ।

मकरभो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी

न्यून पारिश्रमिकमा दिनभर काममा व्यास्त हुँनुपर्दा मन खिन्न हुँनेछ । आर्थिक अभावले महत्वपुर्ण कामहरु थाति हुँनेछन् । लामो दुरिको बैदेशिक यात्राको तय हुँनेछ भने बिदेशि भुमिमा बसेर श्रम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउँन सक्नेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या बढ्ने तथा औषधि उपचार खर्च बढेर जानेछ । अन्यकाममा सहभागि हुँदा पढाई लेखाई भने थाति रहनेछ ।

कुम्भ गू,गे,गो,सा,सी,सू,से,सो,दा

पुराना तथा रोकिएर बसेका कामहरु सुचारु हुने तथा कामहरु महत्वपुर्ण कामहरु थोरै समय दिएर फत्ते गर्न सकिनेछ । आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्ने तथा व्यापार व्यावसाय फस्टाएर जानेछ । सरकारि धन सम्पति तथा पैत्रिक सम्पति हातलागि हुँने योग रहेकोछ । माया प्रेमको डोरो कसिलो हुँनेको साथै ईच्छित मनोकामनाहरु पुरा हुँनेछन् । सुखदुखमा साथ दिने प्रसस्त भेटिने तथा चुनैतिका पहाडहरु चिर्दै अगाडि बढ्न सकिनेछ ।

मीन दी,दू,थ,झ,ञ,दे,दो,चा,ची

नयाँ काम पाउँने तथा नोकरिमा बढुवा हुँने योग रहेकोछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ भने कार्यक्षेत्रमा तपाईको कामको उच्च मुल्याङन हुँनेछ । बिद्यार्थि वर्गहरुले थोरै मेहनेत गर्दा पनि उत्कृष्ट नतिजा हात पार्नेछन् । गित संगित तथा मोडलिङ क्षेत्रमा ध्यान जानेछ । जस्तोसुकै व्यापार व्यावसायमा लगानि गर्दापनि भनेजस्तो आम्दानि हुँने हुँनाले थप लगानि गर्न आट आउँनेछ ।